ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइनेमा’

Sarbochcha_Adalat
  • 72
    Shares
लोकपाटी न्यूज

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्च अदालतले आइतबारका लागि हेर्न नभ्याइनेमा राखेको हो।

दल दर्ताविरुद्ध नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ। मुद्दाको यसअघि शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ तोकिएका थियो। शुक्रबार बेञ्च बस्न नभ्याएका कारण सुनुवाइ स्थगित भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्