नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा

pic
  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ। राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत सकिएको निर्माता पदम दोङ्ले जानकारी दिए।

साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज श्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत रहेको छ। मुख्य भूमिकामा पदम दोङ्लाई देख्न सकिन्छ।

‘सिनेमा हल पनि विस्तारै खुल्ने तयारीमा छन्। अब हामीले चलचित्रको सम्पूर्ण काम सकाएर चलचित्र प्रदर्शनको लागी तयारी अवस्थामा बस्छौं। हामीलाई दर्शकहरुले हाम्रो चलचित्र मन पराउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छौं।’

नायक एंव निर्माता पदम दोङ्ले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्