बीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड

Bp-koirala-institute-of-health-science-Dharan-BPkihs pic
  • 8
    Shares
लोकपाटी न्यूज

विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ।राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन्।

बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन्। सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा हुन्।

काम छाडेको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन्। आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्