चौतारामा ४ सय ५४ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

1
  • 20
    Shares
लोकपाटी न्यूज

सिन्धुपाल्चोक। चौतारामा एक दिने निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा जागरण राष्ट्रका लागि युवा (युथ फर नेशन) को प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो।

मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा भएको शिविरमा विभिन्न रोगबाट पीडित भएका ४ सय ५४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य परिक्षणको क्रममा जटिल रोग देखिएका तथा अप्रेसन गर्नुपर्नि १८ जनालाइ काठमाडौं रिफर गरिएको छ।

रिफर गरिएका मध्ये आँखाको अप्रेसन गर्नुपर्ने बिरामीहरुलाइ टिचिङ हस्पिटलमा १ हजार शुल्कमा अप्रेसन गर्ने व्यवस्था मिलाईने टिचिङ हस्पिटलका मानसिक रोग विशेषज्ञ तथा युथफर नेसनका अध्यक्ष निकोलस भुषालले जानकारी दिए।

स्त्री तथा प्रशुती रोगको जटिल समस्यामा रहेकाहरुलाई युथफर नेसनको समन्वयमा काठमाडौंका विभिन्न हस्पिटलमा निःशुल्क उपचार गरिने चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर जानुका पराजुलीले जानकारी दिइन्। नगरवासीको स्वास्थ्य समस्या समाधानको लागि नगरपालिकाले सधैं चासो दिंदै आएको उपमेयर पराजुलीले बताइन्।

pic 3

शिविरमा स्त्री तथा प्रशुती रोग २ सय ५० जना, दन्त रोग १ सय ५० जना, आँखा रोग २ सय १० जना , नाक कान घाँटी ७८ जना, मानसिक स्वास्थ २२ जना,फिजियोथेरापी ५१ जना, हाड जोर्नी तथा नसा रोग १ सय ५० जना, बालरोग १५ जना, सर्जिकल ५८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका नगर स्वास्थ प्रमुख शिव पुरीले जानकारी दिए। एकैजनाले एक भन्दा बढी प्रकारको सेवा लिएकाले जम्मा संख्या भन्दा छुट्टयाइएको संख्या बढी देखिएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्