नेकपा (एस)मा सांसद कायम गर्न दायर गरेको रिट सिन्हाको इजलासमा

Sarbochcha_Adalat
  • 129
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसदले दर्ता गराएको रिटमाथि सुनुवाइ तोकिएको छ। रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ तोकेको हो।

बुधबार (भदौ २३ गते) एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै सर्वोच्चमा पुगेका थिए। आफूहरूले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै उनीहरू सर्वोच्चमा गएका हुन्।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।

निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका उनीहरू पछि सनाखतको समयमा भने उपस्थित भएका थिए। आयोगले सुरुको निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्