नेकपा एमालेभित्र छायाँ शक्ति संघर्षको प्रभाव

yemale
  • 117
    Shares
लोकपाटी न्यूज

-श्याम कुमार अधिकारी

१.विषय प्रवेश

नेकपा (एमाले) आज नेपालको राजनीतिमा घोर पश्चगामी शक्तिहरु र वैदेशिक शक्तिहरुको भरियाको (दलाल पुँजीपति वर्ग) रूपमा विकसित हुँदै गएको छ। यो पार्टीको नेतृत्व संरचनाको मुख्य पृष्ठमा पश्चगामी शक्ति तथा वैदेशिक शक्ति हाबि भएको छ। नेकपा(एमाले) जनताको बहुदलीय जनवादको आवरणमा राजनीतिक दलाल व्यवसाय गर्ने काम गर्दैछ। नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासकै सबैभन्दा बदनाम पात्र र प्रवृत्ति हावि भएको राजनीतिक दल नेकपा(एमाले) हो।

नेकपा (एमाले)को नेतृत्वले नेकपा माओवादी केन्द्रसँगको एकिकरण गर्ने कार्य मनोवैज्ञानिक रुपमा आत्मसात गर्न असफल भएको देखिन्छ। अर्थात् नेकपा (एमाले)को मुख्य नेतृत्वले समाजवादी क्रान्ति तर्फ उन्मुख हुन अनिच्छुक देखिएको थियो र समस्या पनि त्यहि हो।

सबैभन्दा मुख्य समस्या हो, नेकपा(एमाले)को मुख्य नेतृत्वले अहिलेसम्मको राज्यसत्ता भित्रको छायाँ शक्ति संघर्षलाइ मनोवैज्ञानिक रुपमा हल गर्न अबरोध गर्दा आज राज्यसत्ता भित्र थाति राखिएका बहुआयामिक समस्याहरुको कारण किस्ताबन्दीमा मनोवैज्ञानिक बिभाजन प्रकिया सुरु भएको छ।

राज्य सत्ताभित्र थाति राखिएका बहुआयामिक समस्याहरुले मनोवैज्ञानिक रुपमा नेकपा (एमाले) लाई आन्तरिक रुपमा विभाजन प्रकियामा फसाई दियो। बाहिर हेर्दा कुसी र पदका लागि अन्तरसंघर्ष गरेको जस्तो देखिनेहरुको सम्बन्ध सिधैं राज्यसत्ता भित्रको छायाँ शक्ति संघर्षसँग जोडिएको छ। यो समस्यालाई नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व पंक्तिले मार्क्सवादी दृष्टिकोणबाट।

२. राज्यसत्ता भित्रको छायाँ शक्तिलाई हल नगर्दा देखिएको विभाजन प्रकियाः नेकपा(एमाले)को मुख्य नेतृत्वले बि.स.२०४६ सालको जन आन्दोलनबाट राज्यसत्ता भित्रको छायाँ शक्ति संघर्षलाई हल गर्न नसक्दा बि.स.२०५२ सालदेखि शुरू भएको माओवादी जनयुद्ध र जनयुद्धको हतियारबन्द आन्दोलनमार्फत् राज्य सत्ता भित्रको छायाँ शक्ति संघर्षलाई बहुआयामिक कोणबाट किनाराका जनताको जनजिब्रोमा पुर्‍याउने काम भयो। अहिले पनि त्यहि पुराना राजनीतिक दल र तिनका नेतृत्वले मुल रुपमा माओवादी जनयुद्धको दार्शनिक मनोवैज्ञानिक भाष्यलाई सोपान गर्न, विश्लेषण गर्न असफल भएपछि त्यसको जगमा टेकेर अग्रगामी कार्यदिशालाई आत्मसात गर्न नसकेका हुन्।

खासगरी नेकपा (एमाले)को मुख्य नेतृत्वले जबजको आवरणमा राजतन्त्रको पुनःस्थापना र भारतीय पक्षको सुरक्षा छाता ओढन बढी रुचि देखाएको हो र त्यहि भएर उसले राज्यसत्ता भित्रको छायाँ शक्ति संघर्षले मेरो पार्टीको आन्तरिक जिवनमा पार्न सक्ने बहुआयामिक प्रभावका बारेमा सोच्न नसकेको देखिन्छ। राजतन्त्रलाई दुई किस्तामा समाप्त गर्ने राज्य सत्ता भित्रको छायाँ शक्ति संघर्षलाई हल गर्न अवरोध गर्नु नेकपा (एमाले)को मुख्य नेतृत्वको महाभुल हो र त्यसको दुष्प्रभाव यतिबेला आन्तरिक मनोवैज्ञानिक बिभाजन प्रकियाको सिकार भएको छ।

मैले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)को मोर्चाको सरकार गठन भएपछि विभिन्न कोणबाट विश्लेषण गरेको थिएँ तर कसैले सुन्ने समय निकाल्न सकेनन्।आज नेकपा (एमाले) बिभाजन र पश्चगमन तर्फको यात्रा का लागि निर्णायक चरणमा प्रवेश गरेको छ।

नेकपा (एमाले)ले राजतन्त्र पुनःस्थापना र भारतीय सुरक्षा छाता को प्रभाव बढाउन उपयुक्त हुने कामले त्यो पार्टी भित्र देखिएको मनोवैज्ञानिक बिभाजन प्रकिया सुरु गर्न तर अगाडि बढाउन ओलि प्रवृत्ति केन्द्रीत मनोदशामार्फत् महत्वपूर्ण अनुभव र उपलब्धि हासिल गरेको छ।

३. कम्युनिष्ट पार्टीको नेतृत्वमा विकसित मनोवैज्ञानिक गतिहिनताको प्रभावमा नेकपा(एमाले) : स्पष्ट रुपमा भन्नुपर्दा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासकै सबैभन्दा बदनाम पात्र र प्रवृत्तिले नेतृत्व गरेको कम्युनिस्ट पार्टी लगभग विं.स.२०४६/४७ सालको दार्शनिक मनोवैज्ञानिक समस्याको ओडारभित्र बसेर समाजवादी क्रान्तिको विशिष्टता पूरा गर्न जिम्मा लिदै थियो तर दुर्भाग्य मुल नेतृत्वले मनुवादी चिन्तनको रछ्यानमा सुतेर भारतीय छाता ओढ्ने मनोवृत्ति विकसित गरिसकेको थियो र अहिले त्यही समस्याको शिकार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म पनि सम्बैधानिक राजतन्त्र पुनःस्थापना गर्ने वातावरण तयार गर्न व्यस्त छन्।

यतिबेला नेकपा (एमाले)र राजावादी पार्टी बिच धेरै विषयमा समानता पाइन्छ र आन्तरिक रुपमा भाजपाको निर्देशन मा सहकार्य पनि जारी छ। नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व पङति मनुवादी चिन्तन र राष्ट्रियताको मामिलामा महेन्द्रबादि अबधारणा बिकसित छ।मुल रुपमा नेकपा (एमाले)को मुख्य नेतृत्वले अहिलेसम्म पनि लोकतन्त्र र बहुल राष्ट्रिय–राज्यहरु बिचको मनोवैज्ञानिक सम्बन्ध पुनः एकिकरण गर्ने कार्यलाई प्रगतिशील रुपान्तरण गर्ने प्रयास मानन असफल भएको देखिन्छ।

४. लोकतन्त्रसँग परम्परागत साझेदार शक्ति हरुको सम्बन्ध बिभाजन प्रक्रियामा नेकपा (एमाले) विभाजनको सम्बन्धः
यो बिषयका बारेमा नेपाली राजनीतिक नेतृत्व र बौद्धिक समुदायले बुझ्न नसकेको देखिन्छ। मुल रुपमा नेपालमा राजनीतिक संरचना भित्र लोकतन्त्र र बहुल राष्ट्रिय–राज्यहरु बिचको मनोवैज्ञानिक सम्बन्ध पुनः एकिकरण गर्ने मुद्दालाई संविधानसभा मार्फत सम्बोधन गर्न असफल भएको देखिन्छ नेपालको सम्बिधान,२०७२ मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तिन वटा गल्ति गरेको देखिन्छ;

क. लोकतन्त्र र संघियताबाट पहिचानलाई बिभाजन गर्ने काम,
ख. संघियतालाइ महेन्द्रवादको मनोवैज्ञानिक साचो भित्र कोचिनु,
ग. लोकतन्त्रको फेरि पनि परिवार नियोजन गरिएको छ

तपसिलका मनोवृत्तिगत बदमासीका कारण नेपाली कांग्रेस र नेकपा (एमाले) र नेपाली कांग्रेसबिच मनोवैज्ञानिक सम्बन्ध बिच्छेदन प्रक्रिया अघि बढाएको देखिन्छ। अब यि दुई राजनीतिक दलहरुले आफ्नो दार्शनिक मनोवैज्ञानिक समस्याको समाधान नगर्ने हो भने अहिले सम्मको लोकतन्त्रसँगको सम्बन्ध बिच्छेदन प्रक्रिया अघि बढाउने हो।

अब नेपालमा लोकतन्त्र र बहुलवाद बिचको मनोवैज्ञानिक सम्बन्ध बिच्छेदन प्रक्रिया अघि बढछ। नेकपा (एमाले) को बिभाजन प्रकियाबाट नेपाली कांग्रेसले के शिक्षा लिनेछ हेर्न बाँकी छ। यो सम्बन्ध बिच्छेदन प्रक्रिया अघि बढेपछि नेपाली कांग्रेस पनि नेकपा (एमाले) कै नियतिको शिकार हुने छ। बिकास प्रक्रिया अलिकति फरक हुनसक्छ।तर नियति लगभग सेरोफेरो भित्र नै हुन्छ।

लोकतन्त्र र बहुलवाद बिचको मनोवैज्ञानिक सम्बन्ध धेरै कमजोर देखिएको छ। बहुलवाद आन्तरिक रुपमा बहुआयामिक समस्याहरुको कारण बौध्दिक अपाङ्गताको शिकार भएको छ। बहुलबादको जगमा नेपाल भित्र लोकतन्त्रको मनोवैज्ञानिक व्यवस्थापन गर्न लोकतन्त्र बादीहरु असफल देखिन्छ।बि.स.२००७ साल देखि अहिलेसम्म जारी राज्यसत्ता भित्रको छायाँ शक्ति संघर्ष लाइ मनोवैज्ञानिक रुपमा बिश्लेषण गर्दा लोकतन्त्र र बहुलवाद बिचको बौद्धिक अपाङ्गगिय स्वरुप यसको स्वतन्त्र विकासका लागि हानिकारक देखिन्छ। बहुलवादमा आधारित लोकतन्त्र नेपालमा असफल भएको हो तर अहिलेसम्म पनि नेपाली कांग्रेस किन यसको लागि आफ्नो प्रगतिशील रुपान्तरण गर्ने काममा अग्रसरता लिदैन। नेकपा (एमाले)को आन्तरिक बिभाजन प्रकियाबाट नसिकने हो भने नेपाली कांग्रेस लोकतन्त्रको संस्थागत विकास गर्न असफल भइरहन्छ।

५.नेकपा(एमाले)को बौध्दिक अपाङ्गगिय स्वरुप र समाजवादको सपनाः

क. प्रचण्ड र क. माधव कुमार नेपालले राजतन्त्र र भारतीय भरिया(ओलि प्रवृति)लाई समाजवादको सपनाको भारी बोकाएर अगाडि लैजान सकिन्छ कि भन्ने चेष्टा गर्नु भएको थियो तर भरियालाई मालिक बनाउने काम गल्ती भयो। तिनले समाजवादको सपनालाइ शुरुवातमै एमसिसि र कालापानी को भासमा फ्याँकिदिए र आफू तत्कालीन नेकपालाई आन्तरिक रुपमा मनोवैज्ञानिक विभाजन गर्ने काम गरे।

ख. कम्युनिष्ट आन्दोलनको इतिहासकै सबैभन्दा बदनाम पात्र र प्रवृत्तिको नेतृत्वमा कम्युनिष्ट पार्टीको सरकार समाप्त गर्ने खेल तयार गरिएको थियो र त्यो पूरा पनि भयो।

ग. नेकपा (एमाले) भित्रका “प्रतिगमन बा“ अर्थात् अध्यक्ष केपी शर्मा ओली बि.स.२०४६/४७ सालको सम्वैधानिक दायरा भन्दा बाहिर आउनै सकेनन्। वि.सं २०६२/६३ सालको जनआन्दोलनलाइ पनि वि.सं२०४६/४७ कै राजनीतिक मनोवैज्ञानिक स्वरुपभित्र राख्ने मनसाय खोल्नु र त्यहि अनुसारको व्यवहार देखाउँनुलाइ मैले अन्यथा लिएको छैन।

घ.वि.स.२०६२/६३ सालको जनआन्दोलनको जग माओवादी जनयुद्ध हो। र, अहिले पनि नेपालमा फरक स्वरुपमा माओवादी जनयुद्ध जारी भएको हुँदा यो लोकतन्त्रलाई बुर्जुवा वर्गले आफ्नो स्वार्थमा पूरा प्रयोग गर्न असजिलो भएको हुँदा यो लोकतन्त्रलाइ उल्टाउन “प्रतिगमन बा“को काधमा बन्दुक राखेर राजतन्त्र पुनःस्थापना गर्ने र त्यसको जगमा भारतीय छाता ओढ्ने मनोवृत्ति बिकसित भएको छ।

ङ.वि.सं २०६२/६३ सालको जनआन्दोलनको जग माओवादी जनयुद्ध र त्यसको मनोवैज्ञानिक रणनीतिलाई असफल पार्ने खेलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली “प्रतिगमन बा“ मनोवैज्ञानिक युद्धको अग्र स्थानमा रहेका छन् भने उनलाई आवरणमा राखेर हतियार चलाउने काम अभिजातवर्ग र यसको बैदेशिक संचालन गर्ने शक्ति छायाँ शक्ति हरुका रुपमा मनोवैज्ञानिक युद्ध सञ्चालन गरिरहेका छन्।

च.अहिलेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई कम्युनिस्ट आन्दोलन, पार्टी, समाजवादको सपना र दुई तिहाइ बहुमतको सरकार अजङ्गको पहाड भएरै उनले सबै कुरा त्याग्न तयार भएका हुन् र सबै त्यागेर पनि देखाइ दिए। कम्युनिस्ट शब्द, दर्शन र त्यसको जगमा टेकेर अग्रगामी बिचार प्रति १०० प्रतिशत अरुचि, घृणा र अनास्था भएको पात्र कसरी कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्यो ?

७. अन्त्यमा बिट मार्दाः

नेकपा (एमाले) यतिबेला दलाल र नोकरशाही पुँजीपति वर्गको छायाँ पुजि केन्द्रीकरण गर्ने राजनीतिक दल हो। यो कम्युनिष्ट पार्टीको साइनबोर्ड टाँगिएको शेयर दलालको कार्यलय हो। यो पार्टीको नेतृत्वले कम्युनिस्ट पार्टीको झण्डा, नाम र कार्यक्रम तिलान्जली दिन औपचारिकता मात्र बाँकी छ।

नेकपा (माले)को चौथो राष्ट्रिय अधिवेशनबाट जनताको बहुदलिय जनवाद पारित भएपछि यो पार्टी वर्ग संघर्षबाट चिप्लिएको देखिन्छ र नेपाल भित्रका बहुल राष्ट्रिय–राज्यहरु प्रति असहमति राख्दै नश्लबादको सुरुगङभित्र लहसिदै भासिन थाल्यो। अहिले यो पार्टीको नेतृत्व नश्लबादको अफिम खेती गर्न लागिपरेका छन्।

वि.सं.२०६२/६३ सालको जनआन्दोलनको जग माओवादी जनयुद्ध हो। यसले लोकतन्त्र र बहुल राष्ट्रिय–राज्यहरु बिचको मनोवैज्ञानिक पुनः एकिकरण सम्पन्न गर्ने लक्ष्य राखेको छ तर ओलिको नश्लबादको अफिम सबै भन्दा ठूलो समस्या देखिएको थियो र अहिले पनि त्यहि हावी छ।

राज्यको अग्रगामी पुनर्संरचना गर्ने काममा अवरोध पुउने शक्ति नै कम्युनिस्ट आन्दोलन भित्र नेकपा (एमाले)को बोर्ड मुनि बसेर दलाल र नोकरशाही पुँजीवादको कारोबार गर्ने काम भएको छ। र समाजवादको सपनालाई कालापानी र एम.सि.सि.मा बगाइ दिने काम

केपी ओलिले दोस्रो सविधान सभा मार्फत लोकतन्त्र लाइ बुर्जुवा सिमा भित्र राख्ने मनसायले राज्यको अग्रगामी पुनर्संरचना गर्न अबरोधक शक्ति बन्न कम्मर कसेकै हुन तर जसलाई थमौती गर्न टुप्पी देखिको बल प्रयोग गरे आज त्यहि अबरुद्धता पैदा गर्ने शक्तिको बहुआयमिक असहयोग का कारण उनि खुइलिने समस्याको शिकार भएका छन्।

राज्यसत्ता भित्रको छायाँ शक्ति संघर्षलाइ सबिधान सभा मार्फत मनोवैज्ञानिक हल गर्न अबरोध नगरेको भए लोकतन्त्र र बहुल राष्ट्रिय–राज्यहरु बिचको मनोवैज्ञानिक पुनः एकिकरण सम्पन्न हुने थियो तर नश्लबादको अफिम खेती गर्ने ओलि प्रवृत्तिले द्वन्दहरु हल गर्न अबरोध गर्ने शक्तिहरुको अभिष्ट पूरा गर्न उपयोग भए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्