बाल क्लबसँग मर्यादित महिनावारी कार्यक्रम

balbalika
  • 66
    Shares
लोकपाटी न्यूज

पश्चिम नवलपरासी। मर्यादित महिनावारीमैत्री समाज बनाउने उद्देश्यसहित पश्चिम नवलपरासीको सुनवल ११ मा बाल क्लबसँग मर्यादित महिनावारी कार्यक्रम सम्पन्न भएको छ।

गल्र्स फर क्याम्पीयन र वडा बाल क्लव सुनवल ११ को आयोजना साथै राधा पौडेल फउन्डेशन एण्ड ग्लोबल साउथ कोलियटन फर डिजनिफाइड मिनस्युरेशनको सहकार्यमा सुनवल ११ मा रहेको महिला उद्यमी केन्द्रको भवनमा कार्यक्रम भएको हो।

३० जना बालवालिका रहेको उक्त कार्यक्रममा गिफ्ट फर गल्र्स क्यापियनरका समिर परियार र सीता पाण्डेले प्रशिक्षण दिएका थिए।

कृष्ण सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुनवल ११ का वडा सदस्य ईन्द्रमणी पाण्डेको प्रमुख आतिथ्यता साथै बालमैत्री स्वयमसेवक देउरुपा भुसाल र नगर बाल संजाल सहसचिव आशिष पाण्डे लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्