घट्यो सुनचाँदीको मूल्य : तोलाको कति पुग्यो ?

  • 2
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्