मानवअधिकारकर्मी पहाडी अस्पतालमा भर्ना

krishna-pahadi
  • 36
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मानवअधिकारकर्मी अगुवा कृष्ण पहाडी अस्पताल भर्ना भएका छन्। आन्द्राको अल्सरलगायत रोगको उपचारका लागि पहाडी दिल्लीको एपोलो अस्पताल भर्ना भएका हुन्।

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष पहाडीमा लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, थाइराइड, प्रोस्टेट, घाँटी, नाक र घुँडाको समस्या रहेको छ। मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालका अनुसार पहाडीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्