‘हान्छु तिम्लाई लौरी’ ले तीज गीतमाथि प्रतिबन्ध लगाउन मौरीपालक महासंघको माग

pic lauri
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल मौलीपालक महासंघले ‘हान्छु तिम्लाई लौरी’ ले तीज गीतमाथि प्रतिबन्ध लगाउन सरकासँग माग गरेको छ। आइतबार महासंघले विज्ञप्ति सार्वजनिक गर्दै गीतमा मौरीसँग सम्बन्धीत तथ्य,आधारहिन र भ्रामक फैलाउने शब्द प्रयोग गरिएको भन्दै उक्त गीत बन्द गर्न माग गरेको हो।

नेपाल मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद शर्माद्धारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ, ‘गीतमा प्रयोग गरिएको शब्दले महासंघलाई दुखी वनाएको छ। कृषकहरु आक्रोशित हुनुका साथै तोरी खेती गर्ने कृषकहरुलाई अन्योल सृजना गरेको छ।’

तोरी उत्पादनमा मौरी विचरण (चरण)  गर्दा ३० प्रतिशत भन्दा बढी उत्पादनमा वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गायिका कमला घिमिरेको लरी लरी लै-२ हान्छु तिम्लाई लौरीले नामक तीज गीतमा कमला घिमिरे र खेम सेन्चुरीले स्वर दिएका छन् भने नेत्र अर्यालले उक्त गीतको शब्द लेखेका हुन्।

241742411_565393764502729_7654573201464455156_n

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्