राष्ट्रियसभा बैठक आज, एमालेले अवरोध जारी राख्ला ?

Parliament samsad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७५ सम्बन्धी समितको प्रतिवेदन र अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेलगायतका सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सभामुख अग्नी सापकोटाले पहल गरिरहेका बेला राष्ट्रिय सभाको बैठक पनि चल्ने सम्भावना भने न्यून छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्