कांग्रेसको पौडेल समूह छुट्टै छलफलमा

Ramchandra-Poudel
  • 2
    Shares
लोकपाटी न्यूज

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफ्नो समूहको बैठक बोलाएका छन्।

पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल गर्न बैठक बोलाइएको हो।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जबरजस्ती वडा अधिवेशन गराइएको र अन्य २० जिल्लामा भएको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै पौडेल समूह छलफलमा जुटेको हो ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्