इजरायल जान आवेदन दिएकाहरुको भाषा परीक्षा आज, अन्तर्वार्ता १२ दिनभित्र

  • 30
    Shares
लोकपाटी न्यूज

काठमाडौं । रोजगारीका लागि इजरायल जान आवेदन दिएका नेपाली युवाहरुको भाषा परीक्षा आज हुँदैछ। आज दिउँसो १ बजे विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा हुनेछ।

वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनमध्येबाट ७ हजार ९ जनालाई प्रमाणित गरी भाषा परीक्षा लिन लागेको हो।
परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने विभागले जनाएको छ।

आज लिइएको परीक्षाको नतिजा बुधबारभित्र आइसक्ने र नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने जनाइएकाे छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्