दशैंका लागि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी

Money
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ।

काठमाडौंको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले बैंकले नयाँ नोट वितरण गरिने छ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन्। राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको छ।

तर, गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरिएको थिएन। यो वर्ष कोरोना नियन्त्रणमा आइसकेको भन्दै नयाँ नोट वितरण गर्न लागिएको हो। क वर्गका बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्