एमाले अध्यक्ष ओलीले दायर गरेको रिटमा सुनवाइ भएन

High Court
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको रिटमा सोमबार सुनुवाइ नहुने भएको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिएको रिट सर्वोच्चले ‘हेर्न नभ्याइने’ भएको सर्वोच्च प्रशासनले जनाएको छ। ओलीले दायर गरेको मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’ भएको सर्वोच्चले आफ्नो वेबसाइटमा राखेको छ।

कार्की र खड्काको इजलासमा अहिले तीनवटा मुद्दा सुनुवाइ भइरहेको छ। उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्नेरनगर्ने विषयमा सुनुवाइ गर्नु पर्नेछ। एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा गर्नुभएको थियो।

पार्टीले काराबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध ओलीले रिट दिनुभएको थियो।

रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्