नेकपा एसको समर्थनपछि सुदूरपश्चिम प्रदेश सरकार बहुमतमा

sudurpaschim map
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एकीकृत समाजवादीले साथ दिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई बहुमत पुगेको छ। एमालेले सर्मथन फिर्ता लिए पनि नेकपा एसले सुदूरपश्चिम प्रदेश सरकारलाई साथ दिएपछि सरकारमा बहुमत पुगेको हो।

सोमबार पहिलो पटक धनगढीमा बसेको नेकपा एकीकृत समाजवादीको पहिलो संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ।

केही दिनअघि मन्त्री बनेका दुई जनाले राजीनामा दिएसँगै सरकारबाट एमाले फिर्ता आएको थियो। अब वर्तमान प्रदेश सरकारलाई माओवादी केन्द्रका १३ र नेकपा एसका १४ जनाको समर्थन छ। प्रदेशसभामा ५३ जना सदस्य रहने यस प्रदेशमा सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्