नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसिर २४ र २५ मा

Doctor
  • 2
    Shares
लोकपाटी न्यूज

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ ।

कोरोना महामारीका कारण महाधिवेशन पटक-पटक स्थगन हुँदै आएको थियो ।

संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार संघमा करिब ८०० सदस्य आवद्ध छन् ।

महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले जानकारी दिएका छन् ।

महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्