गण्डकी प्रदेशसभामा तीन विधेयक पेस

लोकपाटी न्यूज
0 Shares

कास्की। गण्डकी प्रदेशसभा बैठकमा तीनवटा विधेयक पेस भएका छन्। बैठकमा प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पेस गरिएको थियो ।

कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आमसञ्चार र सेवासुविधा सम्बन्धी विधेयक पेश गरेका थिए भने, शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालबालिकाको अधिकार सम्बन्धी विधेयक पेश गरेका थिए ।

दुई महिनापछि बसेको पहिलो बैठकमा मन्त्री श्रेष्ठले २०७७ चैत २७ मा दर्ता भई त्यतिकै थन्किएको गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पेस गरेका थिए।

उक्त विधेयकमाथि मंगलबार नै सैद्धान्तिक छलफल गरिएको छ। संसद्मा शून्य समयमा बोल्दै सांसदहरुले बाढी, पहिरोबाट क्षति भएका घर तथा मानिसको क्षतिपूर्ति माग गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्