एकीकृत समाजवादी संसदीय दलको नेतामा महतो

Samajbadi
  • 15
    Shares
लोकपाटी न्यूज

जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ।

सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो। उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ।

संसदीय दलको विधान संघीय संसदमा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताए। प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए। उनी नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्