एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

Dirgha_Sodari
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। संसदीय दलको मान्यता पाएपछि मंगलबार बसेको बैठकले सोडारीलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो।

सोडारी तत्कालीन नेकपा एमालेका कैलालीका अध्यक्ष थिए। पछि एमाले विभाजनमा उनी एकीकृत समाजवादीतिर लागेका थिए। अहिले उनले सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय पनि सम्हालिरहेका छन्। नेकपा एमाले विभाजन पछि एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा सबै भन्दा ठूलो दल बनेको छ।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११ तथा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ सांसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्