सुदूरपश्चिम इन्चार्ज म हुँ, भीम रावल होइनन् : लेखराज भट्ट

Lekhraj_Batta
  • 239
    Shares
लोकपाटी न्यूज

कैलाली। नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा आफू रहेको दाबी गरेका छन्। मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेको बताए।

उनले सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा कुनै विवाद नरहेको पनि बताए। अहिलेको एमाले जेठ २, जेठ ३ र सर्वोच्चको फैसलापछिको भएकाले त्यसको भावनाअनुसार अघि बढ्नुपर्ने उनले बताए। ‘अहिलेको एमाले एकीकरणसहितको नयाँ एमाले हो, जेठ २ को एमाले होइन,’ उनले भने, ‘हुबहु जेठ २ मा जान सकिने अवस्था छैन, एकीकरणको भावनालाई समेटेर अघि बढ्नुको विकल्प छैन।’

सुदूरपश्चिम प्रदेश इन्चार्जका विषयमा दुई दिनअघि मात्रै पार्टी अध्यक्ष केपी ओलीकै निवासमा छलफल भएको थियो। छलफलमा अध्यक्ष ओलीले भट्टलाई दिइएको इन्चार्जको जिम्मोवारी हेरफेर हुन नसक्ने बताएका थिए। ‘रावलजी र मेरा बिचमा कुनै मतभेद छैन, हामी सँगसँगै छौं,’ उनले भने, ‘हामीबीच सद्भावपूर्ण व्यवहार छ, हिजो पनि सँगै थियौं, आज पनि सँगै छौं।’

उनले सभामुख अग्निप्रसाद सापकोटा संसद्‌मा माओवादी कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाए। भट्टले सभामुख निष्पक्ष नभएकै कारण एमालेले संसद अवरुद्ध गर्नुपरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्