नेपालद्वारा ओमान सामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत

Nepali-cricket
  • 21
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको छ। मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको हो।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए। ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए। तर, नेपालको मध्यक्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो।

खेलको अन्त्यतिर करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाउँदै बनाउँदै नेपालको स्कोर सम्मानजनक बनाए। ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्