टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

dubnu
  • 21
    Shares
लोकपाटी न्यूज

तनहुँ। तनहुँमा टिकटक बनाउँदा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल रहेकी छन्।

मंगलबार दिउँसो पवित्राले शुक्लागण्डकी नगरपालिका- ८ को सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाइरहेकी थिइन्। सोही क्रममा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। उनीसहित दुई जना साथी पनि थिए।

साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरूले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्