विद्यालयमै शिक्षक बिसीको शव फेला

Death
  • 14
    Shares
लोकपाटी न्यूज

दैलेख। दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रबहादुर बिसीको हत्या भएको छ।

बिसीले पढाउने विद्यालयकै प्रांगणमा उनको हत्या गरेर शव फालिएको दैलेख प्रहरीले जनाएको छ। विद्यालयकै ग्राउण्डमा बिहान ७ बजे ४२ वर्षीय बिसी मृत अवस्थामा भेटिएका थिए।

दैलेख सदरमुकामबाट ४ घण्टाको बाटोमा पर्ने घटनास्थल पुगेर जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली साँझ सदरमुकाम फर्किएको जानकारी डिएसपी अनुपम श्रेष्ठले दिए।

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ। उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन्। शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्