ओमानविरुद्धको क्रिकेटमा नेपालको कमजोर ब्याटिङ्ग प्रदर्शन

Nepali-cricket
  • 33
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा ओमान विरुद्ध नेपालले कमजोर ब्याटिङ्ग गरेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ४७ ओभर ४ बल खेलेर १ सय ९६ रन बनायो।

आशिफ शेख ९० रन बनाएर आउट भए। उनलाई साथ दिन क्रिजमा ब्याट्सम्यानहरु नहुँदा दबाबमा आएसँगै उनले आफ्नो संयम गुमाएका हुन्।

त्यस्तै करण केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाए। सोमबार राति सम्पन्न जारी श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकामाथि ५ विकेटको रवाफिलो जित निकालेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्