भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा जाँदै

modi
  • 83
    Shares
लोकपाटी न्यूज

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् ।

भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने भएका छन्।

क्वाड सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जाने र त्यही बेलामा उहाँहरुका बीचमा भेटवार्ता हुने भएको हो ।

सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने भएको जनाइएको छ ।

वाशिङ्गट डिसीमा यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्