भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा : मन्त्रालयको संख्या कुन दलले कति लिने ?

gathabandan 5 dal
फाइल तस्बिर
  • 255
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ।मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको बैठकमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो।

भागबन्डामा सहमति नजुटेपछि मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने जिम्मेवारी गठबन्धन आबद्ध कार्यदललाई दिइएको छ।

‘मन्त्रिपरिषद् विस्तारमा पावर सेयरिङ समस्या देखियो, माधव नेपालजीको दल र उपेन्द्र यादवजीको दलको आकांक्षा मन्त्रीको संख्यामा बढी देखिएको छ, सहमति गर्ने जिम्मा कार्यदललाई दिइयो,’ गठबन्धन आबद्ध दलका एक नेताले राजधानीसँग भने।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूणर्बहादुर खड्काको नेतृत्वको कार्यदल बनाएको थियो। सो कार्यदलमा सबै दलको सहभागिता छ।

कार्यदलका एक सदस्यका अनुसार बिहीबार राति अबेरसम्म मन्त्रालयको संख्यामा नै सहमति जुट्न सकेको छैन। स्रोतका अनुसार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सबै पार्टीलाई मन्त्रालयको संख्या बराबर हुनुपर्ने भनेको छ।

जसपा पनि सोही कित्तामा उभिएको छ। संविधानअनुसार सरकारमा २५ जनाभन्दा बढी मन्त्री राख्न पाइँदैन। हाल सरकारमा चार फुल मन्त्री र एक राज्यमन्त्रीसहित पाँच मन्त्री छन्। प्रधानमन्त्रीसहित हाल मन्त्रिपरिषद् ६ सदस्यीय छ। राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्