बुद्धभुमि हाईड्रोपावरको आईपीओ बाँडफाँड

ipo
  • 42
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीले नुवाकोट जिल्लाका स्थानीय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको उक्त आईपीओ बिहीबार बाँडफाँड गरिएको हो।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो। जसमा माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

माग गरिएको ४ लाख कित्ताका लागि ३२ लाख ९ हजार १०३ कित्ता वराबरको आवेदन परेको थियो। आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो।

आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि आवेदन गरेका ४९ हजार ३१० आवेदकलाई न्युनतम १० कित्ताका दरले वाँडफाँड गर्दा ४० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्