काठमाडौंमा केन्द्रीय कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादी

Madhav_Nepal
  • 3.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार केन्द्रिय कार्यालय उद्घाटन गर्ने भएको छ। नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले बिहान १० बजे बानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागेको हो।

अध्यक्ष माधवकुमार नेपालका अनुसार अहिले बिहान १० बजे नयाँ बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण) मा पूजा थापा बस्नेको घरमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागिएको हो।

‘यो कुरा सबैमा जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘साथै सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत गर्दछु।’

एकीकृत समाजवादीको फेशबुकमा लेखिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय उद्घाटन असोज १ गते बिहान ठिक १० बजे हुने भएकोले केन्द्रीय कार्यालय, आलोकनगर (तीनकुने पुल दक्षिण) उपस्थितिका लागि अनुरोध छ।’

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेदेखि बस्दैछ। बैठकले जिल्ला इञ्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्