आजको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

mausam water
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि सामान्य बदली भई मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ। मौसमविद् निराजन सापकोटाका अनुसार भोलि रातिदेखि भने देशभरको मौसम सुधार हुँदै जानेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्