नायिका प्रियंका चोपडाले मागिन् माफी

Priyanka
  • 41
    Shares
लोकपाटी न्यूज

मुम्बई। बलिउड अभिनेत्री प्रियंका चोपडा ग्लोबल स्टार बन्न सफल छन्। अहिले प्रियंका चोपडा रियलिटी शो द एक्टिभिस्टका कारण चर्चामा छन्।

प्रियंकाले उक्त शो पप स्टार अशर र जूलियन होफसंग मिलेर सन्चालन गर्न लागेकी छन्। शो प्रारम्भ हुनु अगाडि नै प्रियंका विवादमा घेरिएकी हुन्। उक्त शोका कारण उनले धेरै आलोचना पनि झेल्नु परेको छ।

प्रशंसकहरुसँगै विभिन्न कलाकारले समेत उनलाई तथानाम सुनाउन थालेका छन्। बढ्दो विवादका कारण प्रियंकाले शोमा सहभागि नहुने भन्दै माफी मागेकी छन्।

प्रियंकाले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै लेखेकी छन्, ‘ शो गलत भएकोमा मलाई खेद छ । मैले यो शोमा सहभागि भएर धेरै मानिसलाई निराश बनाएको छु। यो शो मार्फत म कसैको भावनामा चोट पु¥याउन चाहन्न ।

शो मार्फत् मानिसहरुको ध्यान आकर्षण गर्नु मात्र मेरो उद्देश्य हो। सबैको काम उत्तिनै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। सबै सम्मानको पात्र छन्।

यो एउटा ग्लोबल कम्यूनिटी हो, जसमा त्यस्ता मानिसको कुरा हुन्छ जसले हरेक दिन संसारमा परिवर्तन ल्याउनका लागि आफ्नो रगत,पसीना र आँसू बगाएको छ। तर प्रायः उनीहरुको कुरा मानिसहरुसम्म पुग्दैन।

उनीहरुको काम आत्यधिक आवश्यक हुन्छ र यस्तो कामको परिचय गराउनु मात्र नभएर यसलाई उत्सवको रुपमा मनाउनु पनि पर्छ। तपाईंहरु सबैलाई धन्यवाद, जस जसले यी सबै गर्नु भयो।’

प्रियंका दर्शक माझ एउटा भिन्दै किसिमको शोका साथ आउन लागेकी हुन्। उनको उद्देश्य भिन्दा भिन्दै गतिविधिलाई एकअर्का विरुद्ध उभ्याउनु हो, जसपछि उनीहरुले आफ्नो सामाजिक कार्यलाई प्रमोट गर्न सकून।

उक्त शोमा ६ जना प्रतियोगिले भाग लिन्छन् र समूहमा एक अर्कासंग लड्ने छन्। यी सबैलाई सक्सेस रेट अनलाइन इन्गेजमेन्टको माध्यमबाट नापिन्छ। यद्यपि एक्टिभिज्मलाई पैसाका लागि यति धेरै तुच्छ बनाएकोमा सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्