गोपालबहादुर श्रेष्ठको स्मृतिमा आदर्श माविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

help
  • 13
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/ परासी, २ असोज। पश्चिम नवलपरासीको परासीस्थित आदर्श माविमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। हेल्पिङ्ग हेन्डस परासीले शुक्रबार विद्यालयमा एक कार्यक्रमका गरि ८ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

स्वर्गीय गोपाल बहादुर श्रेष्ठको स्मृतिमा हाल अमेरिका बस्ने श्रीमती अम्बिका देवी श्रेष्ठ र छोरा ब्रजेन्द्र बहादुर श्रेष्ठ तथा उनकी पत्नी रीता श्रेष्ठको सहयोगमा ८ जना विद्यार्थीलाई झोलासहित ६ महिना पुग्ने कापी,कलम,ज्यामिति बक्सलगायत शैक्षिक सामग्री प्रदान गरिएको हेल्पिङ्ग हेन्डस् परासीका अध्यक्ष सञ्जय शर्माले जानकारी दिए।

६ महिनापछि फेरि उनीहरुलाई थप शैक्षिक सामग्री उपलब्ध गराईने र यो क्रम हरेक वर्ष नै निरन्तरता दिने उनले बताए। ब्रजेन्द्र श्रेष्ठ आदर्श माविको पूर्वविद्यार्थी समेत हुन्। शैक्षिक सामग्रीहरु स्वर्गीय गोपाल बहादुर श्रेष्ठका भाइ धीरेन्द्र श्रेष्ठ र नातिनी अन्जना श्रेष्ठले हस्तान्तरण गरे।

कार्यक्रमका प्रमुख अतिथि धीरेन्द्र श्रेष्ठले सेवा गर्नु सबैभन्दा ठूलो पुण्य कार्य भएको बताउँदै शैक्षिक उन्नति गर्न विद्यार्थीहरुलाई आग्रह गरे। विद्यालयका प्राचार्य अरबिन्द पाठकले विपन्न विद्यार्थीको शैक्षिक उन्नतिका लागि सहयोग गरेकोमा श्रेष्ठ परिवार र हेल्पिङ्ग हेन्डसलाई धन्यवाद व्यक्त गरे।

प्राप्त शैक्षिक सामग्रीको सहि सदुपयोग गर्न पनि उनले जोड दिए। सामुदायिक रेडियो दाउन्नेका स्टेसन म्यानेजर मोहन पौडेलले विद्यार्थीहरुको उज्ज्वल भविष्य र शैक्षिक उन्नतिको लागि शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्