बाजुराको खाद्य संस्थान मार्तडी डिपोमा सकियो चामल

pic 2
  • 21
    Shares
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २ असोज। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी डिपोमा चामल सकिएको छ। डिपोले बिक्री गर्न नसकीने सूचना टाँस गरी बन्द गरेको छ।

पूर्वी उत्तरी क्षेत्रका चार स्थानीय तहको लागि खाद्यान्न बितरण गर्नको लागि कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडिबाट बिक्री बन्द गरेको थियो। सदरमुकाम साँफे मार्तडी सडकखण्ड र मार्तडी कोल्टी सडकखण्ड वर्षाद्ले भत्काएको दुई महिना भएको छ।

अझै पनि उक्त सडकखण्ड सञ्चालन नुहँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। सडक नवन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा चामल अभाव भएको हो।कोल्टीको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड त्यस क्षेत्रका स्वामीकार्तिक खापार, जगन्नाथ र हिमाली गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका स्थानीयलाई खाद्यान्न पुगाउनका लागि स्थापना गरीएको थियो। भने सदरमुकाम मार्तडीको डिपोले मार्तडी आसपासमा खाद्यान्न वितरण गर्ने गर्दथ्यो।

अहिले मार्तडी र कोल्टीमा गरी जम्मा ६५ क्वीन्टल मात्र चामल रहेको बाँकी छ। कैदी बन्दीहरुलाई पनि नपुग्ने भएपछि बन्द गरीएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखाले जनाएको छ। संस्थानमा चामल सकिएपछि स्थानीय महँगो चामल किनेर खान बाध्य भएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा मोटो चामल एक केजीको ४८ रुपैयाँ पर्छ भने बजारमा सोही चामलको प्रतिकेजी ७० रुपैयाँ भन्दा बढी पर्छ। बाजुरामा आफ्नो उत्पादनले तीन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ। हरेक वर्ष एघार हजार मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ। त्यसको पुर्ति लिमिटेडले गर्ने गरेको छ। कोरोनाले समस्यामा रहकेका यहाँका नागरिकलाइ भोकमरीले सताउँने देखिन्छ।

कृषि ज्ञान केन्द्र बाजुराले दिएको जानकारी अनुसार जिल्लाको पूरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ। त्यसमा जम्मा संचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ। अर्थात ७.७९ प्रतिशत जमिनमा सिंचाई सुविधा छैन जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेको छ।

बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ। नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले भने- ‘मान्छेले बाँच्न पाउँने अधिकार राज्यले सुरक्षीत गरीदिनु पर्छ। स्थलगत मार्गबाट सम्भव देखिदैन चारै तिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडि खोल्न सम्भव छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्