पदलोलुप केही व्यक्तिले भ्रम फैलाउन खोजे : नेराकस

Nerakasa_Neon
  • 35
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्रिय कर्मचारी संगठनले केही व्यक्तिहरूले ट्रेड युनियन आन्दोलनलाई बदनाम गराउने प्रयत्न भइरहेको भन्दै आपत्ति जनाएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठनको नाम प्रयोग गरेर ट्रेड युनियन आन्दोलनमाथि बेइमानी गर्ने खोजिएको प्रति आपत्ति जनाएको हो।

कारबाही गरेका केही व्यक्तिहरू संगठनको उच्च पदमा रहेको भन्दै अर्को संगठनमा प्रवेश गरेपछि कर्मचारी संगठनले आपत्ति जनाएको हो। कर्मचारी संगठन नाम प्रयोग गरेर यसरी अर्को संगठनमा प्रवेश गरेका व्यक्तिहरुलाई संगठनले यसअघि नै कारबाही गरिसकिएको जनाइएको छ। पूँजीवादी व्यक्तिवादी चिन्तन भएका पदलोलुप केही व्यक्तिले भ्रम सृजना गर्न खोजिएकोले उक्त कदमप्रति सचेत रहन पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संघर्षपूर्ण घडीमा संघर्षको मैदानबाट पुच्छर लुकाएर प्रतिगमनको मतियार संगठनमा प्रवेश गर्ने हाम्रो संगठनका भनिएका केही व्यक्तिहरू यस अघि नै कारबाहीमा परी संगठनबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका, केही विभिन्न फौजदारी अभियोगमा परि सेवा तथा संगठनबाट निलम्बनमा रहेका, केही सेवा निवृत्त भइसकेका र केही पदलोलुप आत्मा केन्द्रित चरम निम्न पूँजीवादी व्यक्तिवादी चिन्तन भएका मानिसहरू भेला पारी भ्रम सृजना गर्न खोजिएको तथ्य समेत सरोकारवाला सम्पूर्ण संगठक शुभचिन्तकहरूमा जानकारी गराउँदछौं।’

विज्ञप्ति

ट्रेड युनियन आन्दोलनलाई अर्थवादी भाषमा फसाउने, संगठनमा प्राप्त गरेको पदलाई मालदार भनिएका अड्डामा पदस्थापन मिलाउने र संगठनको विधि पद्धति आचरण विरुद्धको गतिविधिमा संलग्न रहेको पाइएकाले विगतमा कारबाही गरिसकिएका केही थान मनुवाहरूले म नेराकसको फलानो पदको व्यक्ति हुँ भन्दै आज एक अर्थवादी चिन्तन भएको यथास्थितिवादी एवं प्रतिगमनको मतियार संगठन नेपाल निजामती संगठनमा प्रवेश गरेछन्। यो एउटा भगौटापना, पदलोलुपता, संगठन र आम कार्यकर्ता पंक्ति प्रतिको बेइमानीको पराकाष्ठा सिवाय केही होइन।

हाम्रा साथीहरू जुन संगठनमा प्रवेश गर्नु भयो त्यही संगठन स्थापना र सञ्चालनमा लामो समयदेखि रगत पसिना बगाएका कर्मशील साथीहरू नै त्यो संगठनको नेतृत्व र यसको कार्यशैलीलाई प्रतिगमनकारी, अराजक गुटवादी चिन्तनमा फसेको झुण्ड भन्दै विद्रोहको शंखघोष गर्नु भएको छ। नेपालको ट्रेड युनियन आन्दोलनलाई अग्रगमनमा लैजाने र सम्पूर्ण पेशाकर्मीको हक हित संरक्षण गर्नु पर्ने यस संघर्षपूर्ण घडीमा संघर्षको मैदानबाट पुच्छर लुकाएर प्रतिगमनको मतियार संगठनमा प्रवेश गर्ने हाम्रो संगठनका भनिएका केही व्यक्तिहरू यसअघि नै कारबाहीमा परी संगठनबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका, केही विभिन्न फौजदारी अभियोगमा परि सेवा तथा संगठनबाट निलम्बनमा रहेका, केही सेवा निवृत्त भइसकेका र केही पदलोलुप आत्मा केन्द्रित चरम निम्न पुँजीवादी व्यक्तिवादी चिन्तन भएका मानिसहरू भेला पारी भ्रम सृजना गर्न खोजिएको तथ्य समेत सरोकारवाला सम्पूर्ण संगठक शुभचिन्तकहरूमा जानकारी गराउँदछौ।

एकढंगले भन्ने हो भने बढार्नु पर्ने कसिंगर हावाले उडाए जस्तो भएको स्थिति समेत हो। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्मचारीहरूको पेशागत हक हित प्रति प्रतिबद्ध पेशागत आन्दोलनको पर्यायवाची नाम समेत भएको हुँदा यस्ता बजारु हल्लाहरूबाट अविचलित भई पेशागत अधिकार र सेवा सुविधाका सवालमा सशक्त आवाज बुलन्द गर्दै संगठन निर्माणमा दत्तचित्त भएर लाग्न हुन सम्पूर्ण संगठन पंक्तिमा हार्दिक अनुरोध समेत गर्दछौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्