अनेरास्ववियूको नयाँ समिति, क-कसले पाए जिम्मेवारी ?

Anera
  • 1.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन्। शनिवार भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकले बराललाई अध्यक्ष चयन गरेको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले बताए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना बाइबा, महासचिव समिक बडाल चयन भएका हुन्। आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्ने गरी अनेरास्ववियूको केन्द्रीय समिति हेरफेर र विस्तार गरिएको भट्टराईले जानकारी दिए।

पार्टीको निर्णयबमोजिम यस पटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ। ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नवीना लामा नेकपा एकतासँगै बिदा भएर ऐन महर अध्यक्ष बनेका थिए। महर शनिवारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन्। उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मि आचार्य, महेश बर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट बिदा हुँदै छन्।

अध्यक्षको लागि रश्मि आचार्य र बर्तौला पनि आकांक्षी थिए। पूर्वअध्यक्ष नवीना लामा, रश्मि आचार्य आफूहरूलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ।

-यसअघिकाे समाचारमा भुलवश अन्यथा हुन गएकोमा सच्याइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्