नेकपा एकीकृत समाजवादको पहिलो केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेण्डा

Madhav_Nepal
  • 54
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समितिको पहिलो बैठक मंगलबार बस्दैछ। क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा ९एस० गठन भएको थियो। पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ।

साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ। केही नेताको जिम्मेवारी हेरेफेर गर्ने पनि कार्यसूची छ। बैठक बुधबारसम्म चल्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्