काठमाडौंसहित ७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन, मोरङमा थापा पक्ष पुग्यो अदालत

Nepali Congress
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न सात जिल्लामा वडा अधिवेशन हुँदैछ। राजधानी काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुन लागेको हो।

बाँकी १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो छैन। मोरङमा आज वडा अधिवेशन हुने भनिएपनि एउटा पक्ष अदालत पुगेको छ। सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो।

गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो। बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भनिएपनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँरनगर अधिवेशन प्रभावित हुने भएको छ। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँरनगर अधिवेशनका मतदाता हुन्छन्। कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्