अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो

Annfsu student akhil flag
  • 137
    Shares
लोकपाटी न्यूज

काठमाडौं। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ। यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको भएको छ।

अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष एवं सम्मेलन प्रचार प्रसार उपसमिति संयोजक सुरेन्द्र बस्नेतका अनुसार केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको छ। २१ औं राष्ट्रिय सम्मेलनमा भने क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गरेको थियो।

अखिल क्रान्तिकारीको आगामी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत र उपाध्यक्ष पञ्चा सिंह प्रमुख दाबेदार छन्। यस्तै राष्ट्रिय सम्मेलनको तयारीबारे अखिल क्रान्तिकारीका नेताहरूको टोलीले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेको छ। छलफलको क्रममा नेताहरुले हालसम्मको तयारीबारे प्रचण्डलाई जानकारी गराएका थिए। सो क्रममा प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्