मराठी नायिका ईश्वरीको निधन

ishwori_AAPmcPMzNA
  • 4
    Shares
लोकपाटी न्यूज

एजेन्सी। भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ। प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो। ईश्वरीको कपहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो।

२५ वर्षीय नायिका तथा उनका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिए। कार कसले चलाइरहेका थिए भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ।

सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो। रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उनीहरुको शव निकाल्न सकिएको थियो।
इश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहेकी थिइने।

मराठी फिल्मको सुटिङ लगभग पूरा भइसकेको थियो र ती चाँडै नै रिलिज हुने तयारीमा थियो। दुबैको हातमा रिस्टब्यान्ड भेटिएको थियो। दुर्घटनाको अघिल्लो रात उनीहरु कुनै क्लबमा गएको हुनसक्ने पनि आशंका गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्