सर्पले डसेर दिदीभाइको मृत्यु

death
सांकेतिक तस्वीर
  • 51
    Shares
लोकपाटी न्यूज

राजविराज। सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन्।

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो। उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए।

राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्