महासचिव चयन गर्दै एकीकृत समाजवादी

Samajbadi
  • 2.9K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महासचिव चयन गर्ने भएको छ। मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकका एजेण्डा अनुसार बिहीबार महासचिव चयन गर्ने तयारी भएको हो।

पार्टी केन्द्रीय समितिको बैठक भोलि बस्ने बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुंगो लगाइने पनि पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

‘भोलिको बैठकले हाम्रा आगामी कार्ययोजना पारित गर्नेछौं। तीन महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने योजनामा लागिरहेका छौं। समयले नभ्याए अर्कै कुरा हो, नभए त्यो काम गर्नेछौं,’ खतिवडाले भने।

त्यस्तै, पार्टीको चुनाव चिह्नका लागि धेरै सुझावहरू प्राप्त गरिएको भन्दै उनले त्यसलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिएर निर्वाचन आयोगमा जाने बताए। पार्टी दर्ताका बेलामा यो पार्टीले चुनाव चिह्न बुझाएको थिएन।

बुधवारको बैठकले ‘समाजवाद’ नामको पार्टीको मुख पत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ। ‘यसैगरी चाँडोभन्दा चाँडो एउटा बुलेटिन प्रकाशित गर्नेछौं। त्यो समसामयिक बुलेटिन हुनेछ। महिना दिनमा हुन्छ कि १५ दिनमा हुन्छ कि, समय र कार्य कस्तो गर्न सकिन्छ,’ उनले भने। बैठक भोलि पनि बस्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्