काँग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की

Deuba_Paudel
  • 1.3K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ। बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बिचमै बैठक छाडेका छन्।

पौने चार बजेबाट सुरु भएको बैठकमा वरिष्ठ नेता पौडेलले तीन वटा प्रस्ताव अघि सारेका थिए। त्यसमा एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेशन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए।

पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पनि झोक्किएका थिए। देउवा झोक्किएपछि बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेका थिए। तर केही नेताले उनलाई समाएर बस्न आग्रह गरेका थिए। त्यसपछि केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्