सत्ता गठबन्धनको बैठक सकियो, के भयो निर्णय ?

Gathabandhan
फाइल तस्बिर
  • 52
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसको बैठक भोलि बस्‍नेगरी सकिएको हो। बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति जुटाउन नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘बैठक बिना कुनै निर्णय सकियो। भोलि फेरि बस्‍ने कुरा भएको छ,’ नेता श्रेष्ठले भने। सत्ता गठबन्धनको बैठक हिजो पनि बसेको थियो। स्रोतका अनुसार कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा नेताहरूबीच कुरा मिल्न नसकेको हो। बाँकी राम्रा मन्त्रालयमा सबै दलले आखा लगाएपछि कुरा नमिलेको बैठकमा सहभागी एक नेताले बताए।

दुई घण्टा बसेको बैठकमा मिलाउने अथक प्रयास गरिए पनि सबै आ-आफ्ना अडानबाट पछि नहटेपछि सहमति हुन नसकेको हो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराइ, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता थियो।

असार २९ मा प्रधानमन्त्रीमा नियुक्त देउवाले आज परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेपछि ७ सदस्यीय भएको छ। संविधानतः २५ सदस्यीय हुनुपर्ने मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धन सरकारका प्रधानमन्त्री असफल भएको भन्दै प्रतिपक्षी दल र आम नागरिकले विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्