पार्टनरकाे मन जित्न सक्नुभएन ? यसाे गर्नुहाेस्

  • 6
    Shares
लोकपाटी न्यूज

असाेज  ९ काठमाडाै । आफ्नो पार्टनरलाई लिएर जो कोही पनि सचेत हुने गरेको पाइन्छ । तर, कहिले काहीँ जानी नजानी विभिन्न गल्तीहरु हुन सक्छन् । जसले सम्बन्धमा फाटाे समेत उत्पन्न गराउँछ । बढ्दो आधुनिकीकरणसंगै सम्बन्धमा पनि अनेक उतारचढाव आइरहेको देखिन्छ। तर समस्या जहाँ हुन्छ त्यहाँ समाधानका अनेकन उपायहरु पनि हुन्छन्। आफ्नो पार्टनरलाई सधैँ खुशी राख्न र आफूप्रति आकर्षित बनाइराख्न यसो गर्नुहोस्ः

सुगन्धित बन्ने

संसार भरिको सबै मानिसलाई सुगन्धित बास्नाले आर्कषित गरेको हुन्छ। सुगन्धित बास्ना र आर्कषणको संयोजनले पार्टनरबिचको सम्बन्धलाई धेरै प्रभाव पारेको हुन्छ। तसर्थ आफ्नो पार्टनरलाई मनपर्ने बास्नादार अत्तर,परफ्युमको प्रयोगले प्रेम र आर्कषण कायम रहने तथ्य शोधले पत्ता लगाएको छ।

श्रृङगार गर्ने

हप्तामा एकपटक आ–आफ्नो पार्टनरको मनपर्ने श्रृङगार र ड्रेसअपमा प्रस्तुत हुन सकिन्छ। सधैं एउटै ड्रेसअपमा भन्दा स्टाइलिस ड्रेस र हेयर स्टाइलमा सजिन सकिन्छ। तर स्टाइलस भन्दैमा असुहाउदो रुपमा प्रस्तुत हुदा आलोचित होइन्छ कि भन्ने कुरामा ध्यान दिन जरुरी छ।

सरप्राईज दिने

केही न केही नसोचेको कुरामा पार्टनरलाई सरप्राईज दिनुको मज्जा बेग्लै हुन्छ। समय मिलाएर छुट्टीको दिन फिल्म,सपिङ,डिनरको लागि जाने गनुपर्छ। निजी सवारी छ भने समय समयमा लङ ड्राइभमा जाने ।

आफूलाई फिट राख्ने

शारीरिक बनोट पार्टनरबीच आर्कषणको एक महत्वपूर्ण माध्यम मानिएको छ। तसर्थ स्वयंलाई फिट रहन जरुरी छ। तसर्थ मन र तनबाट तपाई स्वस्थ र फिट रहन जरुरी छ।

कुराकानीको शैलीमा ध्यान दिने

शोधका अनुसार कुराकानीमा निपुर्ण महिला वा पुरुष एकअर्काप्रति छिटो आकर्षित हुने गरेको पाइएको छ। त्यसैले आफ्नो कुराकानीको शैलीलाई ध्यान दिनु जरुरी छ। कुराकानी गर्दा नकरात्मक असर पुर्याउने खालको कुरा गरे तपाईको छबिलाई नराम्रो प्रभाव पर्दछ। यदि तपाइको पार्टनर कुनै किसिमको तनावमा छ भने उसको कुरा ध्यान दिएर सुन्नुहोस्। हरेक किसिमको समस्यामा तपाई आफ्नो पार्टनरको साथमा संगै हुनुहुन्छ भन्ने भरोसा दिलाउनुहोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्