इजरायल पठाउन नेपाली कामदारको नाम सिफारिस (सूचीसहित)

  • 68
    Shares
लोकपाटी न्यूज

काठमाडौं। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल पठाइने नेपाली कामदारहरूको सूची सिफारिस गरेको छ। आइतबार एक सूचना जारी गरेर वैदेशिक रोजगार विभागले नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौताअनुसार लिखित परीक्षा, अन्तर्वार्तालगायत समेतबाट योग्य ठहरिएकाको नाम सिफारिस गरिएको जनाएको हो।

परराष्ट्र मन्त्रालयमार्फत १६ सय जना कामदारको योग्यताक्रम सूची तयार गरी सिफारिस पठाइएको विभागले जनाएको छ। विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्ये भाषा परीक्षामा सात हजार सात जना सहभागी भए। सहभागीमध्ये तीन हजार ७ सय २७ पुरुष र तीन हजार २ हजार ८२ जना महिला रहेको थिए। जसबाट योग्य ठहरिएका १६ जनाको नाम सिफारिस गरिएको हो।

‘…नेपालस्थित इजरायली राजदूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १,६०० जना उम्मेदवार (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) सिफारिस गर्न माग भएअनुसार देहायबमोजिमको रोल नम्बर भएका महिला तथा पुरुष उमेदवारहरुको योग्यताक्रम कायम हुन आएकोले तपसिलबमोजिमको योग्यताक्रम सूची तयार गरी नेपालस्थित इजरायली राजदूतावासमार्फत पीआईबीए (पपुलेसन, इमिग्रेसन एन्ड बोर्डर अथोरिटी अफ इजरायल)मा सिफारिस गर्ने छनोट समितिबाट मिति २०७८/६/१० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ विभागका महानिर्देशक दीपक काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्