सांफे मार्तडी सडक केही दिनमै सञ्चालन हुन्छ : प्रजिअ अधिकारी

pic 2
लोकपाटी न्यूज
0 Shares

राजेन्द्र बिक/ बाजुरा, ९असोज। बाजुराको मुख्य राजमार्गको रुपमा रहेको साफें मार्तडी सडकको बल्देमा गएको पहिरो हटाएर छिट्टै सञ्चालनमा ल्याउने तयारीमा लागि रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए। पहिरो खसेर जेठको अन्तिम सातादेखि अवरुद्ध साफें मार्तडी सडक खण्डको बल्देखि हरडे सम्मको सडक खोल्न पहल सुरु भइ सकेको प्रजिअ अधिकारीले बताए।

वर्षाको समयमा पहिरो गई जेठको अन्तीम साताबाट अबरुद्ध सडक एक साता भित्रै उनको भनाइ रहेको छ। पहिरो हटाउन प्राविधिक सहित कामदारलाई खटाइ काम भइरहेकोले केही दिनमै सडक सञ्चालनमा ल्याउने तयारी प्रशासनले गरेको छ।

शनिबारसम्म पहिरो हटाई सकिने भए पनि सडकमा हिलो र पानी भएकोले केही दिन पानी र हिलो सुकेपछि यातायात सुचारु गरिने सडक डिभिजन कार्यालय अछामले जनाएको छ। बल्दे देखि हरडेसम्म करिव ५ किलोमिटर पहिरो खसेर अवरुद्ध सडक खोल्न जिल्ला प्रशासन कार्यालय बाजुराले पटक पटक पहल गरे पनि बर्षाका कारण पहिरो बगिरहेका कारण सडक सञ्चालन सञ्चालनमा समस्या भएको र वर्षाको समय सकिएसंगै सडक खुलाउन दुबै तिरबाट डोजर लगाएर बाटो खुलाउने कार्य भइरहेको छ। सडक डिभिजन कार्यालयले पनि बाटो खोल्न सकरात्मक रहको प्रशासनले पनि दशै अगाडि नै अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहल सुरु भएको प्रजिअ अधिकारीले बताए।

सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराबाट सुक्रबार गएको संयुक्त टोलीले स्थलगत अनुगमन गरी चाँडै सडक सुचारु गर्न प्रयास थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन्।

सडक डिभिजन कार्यालय अछामका इञ्जिनियर प्रमुख जिल्ला अधिकारी, सहितको टोलीले सो सडकको बिस्तृत अध्ययन गरेर सडक खोल्ने तयारी थालेको जनाइएको छ। साफेँ मार्तडी सडकअवरुद्ध हुँदा बाजुराको सदरमुकाम सम्मको आवत जावतमा समेत समस्या हुनका साथै दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ। नियममित वर्षा भइरहेको र सडक माथिबाट निरन्तर पहिरो बगिरहेका कारण सडक मर्मत गर्न समस्या भएको थियो। सडक सञ्चालनमा नहँुदा बाजुराको सदरमुकाम लगायत बाजुराको उत्तरी क्षेभमा दैनिक उपभोग्य सामग्रीको अभाव सुरु भइसकेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्