इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ

लोकपाटी न्यूज

काठमाडाै। इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ भएको छ । बीबीसीका अनुसार वेष्ट बैंकमा इजरायली सेनाले गरेको कारबाहीमा ४ जना प्यालेस्टाइनी मारिएका छन् ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेष्ट बैंकको जेनिन र जेरुसेलममा ती चारजना प्यालेस्टाइनी मारिएको जनाएको छ । बीबीसीका अनुसार स्थानीय सञ्चार माध्यमहरुले जेनिन सहरमा दुबै पक्षबीच भिडन्त जारी छ । इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले हमासविरुद्ध इजरायली सेनाले अभियान चलाएको बताएका छन् ।

तर, इजरायली पक्षले हताहतीबारे भने केही उल्लेख गरेको छैन । गाजाको सत्तामा रहेको हमासले वेष्ट बैंकमा पनि प्यालेस्टाइनी प्राधीकरणविरुद्ध अभियान चलाएपछि इजरायली सेनाले अभियान चलाएको जनाइएको छ । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्