एक अद्भूत बालक : जसले ६ वर्षकाे उमेरमै रचे विश्व कीर्तिमान

लोकपाटी न्यूज
0 Shares

काठमाडाै । एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेर विश्व कीर्तिमान राखेका हुन्।

बालकले स्किइङ गरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यसमा देखिए अनुसार ती बालकले बोटबाट कनेक्टिड आइरन रडलाई बेस्सरी समातिरहेका छन् । यस्तै अर्कोतर्फ उनका पिता अर्को डुङ्गामा सवार छन् र उनले बच्चालाई हेरिरहेका छन् । ती बालकले लाइफ ज्याकेट पनि लगाइरहेका छन् ।

सुरक्षाका सबै उपाय अपनाएपछि बच्चालाई पानीमा उतारिएको हो । यो भिडियोलाई इन्स्टाग्राममा १३ सेप्टेम्बरमा सेयर गरिएको थियो । भिडियोमा हालसम्म लाखौं भ्युज र कमेन्ट आइसकेका छन् ।

यो भिडियोलाई ट्वीटरमा पनि सेयर गरिएको छ । सोसल मिडियामा मानिसहरुले विभिन्न प्रकारका कमेन्ट दिइरहेका छन् । केहीले वाटर स्किइङ गर्नका लागि बालकको उमेर निकै कम भएको बताएका छन् भने कतिले उनका पिताले पूरा सुरक्षाका साथ बच्चालाई पानीमा राखेको भन्दै तारिफ पनि गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्