सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा लगातार ओरालाे लागेकाे सुनकाे मूल्यमा आज पनि गिरावट आएको छ। केही दिन यताबाट सुनकाे मूल्यमा लगातार गिरावट आएको  हाे।

बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज बिहीबार तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले १ हजार १२० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्