दक्षिण काेरियासँग मेलमिलाप गर्ने किमकाे तयारी

लोकपाटी न्यूज

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएका छन्। उनले साे कुरा उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला बताएका हुन्।

उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो हटलाइन बन्द गरेको थियो । संसद सत्रका बेला किम जोङ उनले अमेरिकामाथि आरोप लगाउँदै उसले कोरियाप्रति आफ्नो ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरीकनै कुराकानीको प्रस्ताव राखेको बताए ।

सरकारी समाचार संस्था केसीएनएले किम जोङ उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले कूटनीतिक सम्बन्धबारे कुरा गरिरहेको छ र तर यो अन्तरराष्ट्रिय समुदायलाई धोका दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने सानो कदम हो । यो अमेरिकी प्रशासनद्वारा लगातार आपनाइएको शत्रुतापूर्ण नीतिकाे विस्तार हो ।’

यद्यपि, किम जोङ उन दक्षिण कोरियासँग शान्तिको सशर्त प्रस्तावमा अघि बढेको देखिएको छ । केसीएनएको रिपोर्टमा भनिएको छ, ‘किम जोङ उनले कोरियाको दुई देश बीच हटलाइनलाई अक्टोबर अघि बहाल गर्ने इच्छा व्यक्त गरेका छन् । तर दुई देशको सम्बन्धलाई बहाल गरिने वा वर्तमान स्थितिझैं बिग्रिरहन दिने भन्ने कुरा चाहिँ दक्षिण कोरियाको अधिकारीको व्यवहारमा निर्धारण गर्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्